RSS

मिठा सपनाहरूको कारोबार

10 Dec

यहाँ हरेक दिन हरेक खालका मान्छेहरू भेटिन्छन् चाहे हामी विश्वको कुनै पनि कुनामा किन नहोऊ। सबैका आ-आफ्ना उद्देश्य, स्वार्थ र महत्वकाङ्क्षाहरू छन्। आफ्ना उद्देश्यलाई कसरी सफल बनाउने भन्ने विषयमा कोही ले काम गरी रहेका होलान् भने, काम नगर्नेहरूले कम्तीमा सोचेका होलान्। समग्र मा भन्नु पर्दा प्रायः: हामी सबैको उद्देश्य भनेको पैसा कमाउने नै हो। कसैलाई आफ्नै पेसामा काम गरेर नाम साथ साथै पैसा कमाउन मन लाग्ला त कसैलाई जसरी भए पनि पैसा कमाउने त हो नि भन्ने लाग्ला। जसरी भए पनि पैसा कमाउने त हो नि भन्ने लाग्नेहरू मध्ये एउटा बर्ग छ जो मीठो बोलेर अरूलाई सपना देखाएर तिनै सपना माथि कारोबार गर्ने गर्छन्। यो कारोबार भित्र पनि दुई खालका मान्छेहरू छन्, एउटा सपना देखाउने अनि अर्को देख्ने। सपना देखाउनेले त मीठा मीठा कुरा गरेर सपना देखाइदिन्छ तर मलाई त्यो मान्छे देखी दया लागेर आउँछ जो सपना हो भन्ने थाहा नपाई कन अझै ठूला ठूला सपना देख्छ अनि अरूलाई पनि सपना देखाउन खोज्छ। हो म कुरा गर्दै छु “नेटवर्क बिजिनेसको”।

नेटवर्क बिजिनेसको रुपमा मैले सुनेको सबै भन्दा पहिलो बिजिनेस थियो “गोल्ड क्वेष्ट”। कहिल्यै मेरो घर नआउने एक जना इष्‍टमित्र अचानक मेरो घरमा आउनु भयो; मेरो बा लाई गोल्ड क्वेष्टको सदस्य बन्ने प्रस्ताव लिएर। मलाई अझै याद छ त्यो दिन उहाँले जुन आत्मियता देखाउनु भयो, जति मीठो बोल्नु भयो, जति ठूला ठूला सपनाका कुरा गर्नु भयो, त्यो उहाँले न त्यस भन्दा पहिला कहिले गर्नु भएको थियो न त्यस पछि। म त बच्चानै थिए तर बा ले भने त्यो प्रस्तावलाई ठाडै अस्विकार गरिदिनु भएको थियो।

मेरो काठमाण्डौं को बसाइमा पनि त्यस्ता धेरै मान्छेहरू भेटिए। जति पनि मलाई नेटवर्क बिजिनेसमा लाग भनेर आए ती सबै मैले  धेरै थोरै चिने-जानकै मान्छेनै थिए। उनी हरू अचानक एक दिन आउँछन्, मीठा मीठा कुरा गर्छन्, उमेरले आफू भन्दा जेठा र पहिला तँ तँ भन्ने गरेका भए भने पनि त्यो बेलामा उनीहरू “तिमी” “तपाई” “हजूर” जस्ता सम्वोधनहरू लगाउँछन्, ठूला ठूला सपना हरू देखाउँछन् र अझ भनौँ छोटो समयमै लखपति बन्ने कुरा गर्छन्। उनीहरू सबैमा समानता हुन्छ, कुरा गर्ने ढङ्ग, सपना देखाउने अनि भय देखाउने। जब मान्छेले छोटो समयमा धेरै कमाउने कुरा गर्छ तब मलाई कतै न कतै शङ्का लागेर आउँछ। सुरुका दिनमा त त्यही कारणले गर्दा पनि म कसैले देखाएका सपनाहरूका पछि लागिन। पछि बिस्तारै ती नेटवर्क बिजिनेस ठग रहेछन् भन्ने कुरा बाहिर आउन थाल्यो, त्यस पछि त झन् विश्वास गर्ने कुरानै भएन।

यस्तै यस्तै मा दुबई आइयो र यहाँ पनि त्यस्ता मान्छे भेटिन थाले। म चाही सबैलाई ठाडै नाई भन्ने गर्छु। कोही एक चोटि नाई भने पछि साइड लाग्छन् त कोही नाई भन्दा भन्दै पनि टाँसिन खोज्छन्। अस्ति भर्खर मात्र फेरी त्यस्तै भयो, जुन मलाई चाही साह्रै रोचक लाग्यो र यहा सेयर गर्दैछु।

मैले काम गर्ने होटलको एक जना नेपाली सेफ आएर निकै मीठो गरी हाल खबर सोध्यो अनि मेरो साँझको प्लान पनि। उस सँग मेरो खासै कुरा हुन्थेन, बाटोमा देख्यो भने हात उठाउने बाहेक :) मैले साँझमा कतै जान्न होला भन्ने बित्तिकै उसले मलाई एउटा प्रोग्राममा जाने निम्तो दियो। मैले प्रोग्राम के को विषयमा हो भन्दा उसले खास बताएन, उल्टो “अर्काको देशमा काम गरेर कति दिन बस्न सकिन्छ यार, केही बिजिनेस गर्न पर्यो” भनेर ठूला ठूला कुरा पो गर्न थाल्यो। अनि मैले सिधा “तपाई पनि नेटवर्क बिजिनेसमा फस्नु भो कि क्या हो??” भनेर सोध्दा मलाई नै भाषण दिन थाल्यो र साँझमा उसले भनेको प्रोग्राममा जाने कर गर्यो। सिधा नकार्दा पनि नमाने पछि मैले “मिल्यो भने म फोन गरौँला” भनेर त्यहाँ बाट निस्के।

साँझ ८ बजे फोन आयो र फोन को वार्तालाप यस्तो रह्यो

उ: सर कता हो?
म: भर्खर अफिष बाट थाकेर आएको छु यार घरमै छु (उसले भनेको प्रोग्राममा नजाने मनसायले साथ)
उ: म गाडी लिएर लिन आउला नि त हुन्न??
म: हैन यार मलाई साह्रै नै थकाई लागीरा’को छ यार, म आउदिन।
उ: ल तपाई तल झर्नोस् म २ मिनेटमा तल आउछु।
म: हेर्नोस् मलाई यो नेटवर्क बिजनेसमा ईन्ट्रस्ट छैन म आउदिन।
उ: ल यहा कुरा गर्नोस् न। एक जना ईन्डियन लबज भएको व्यक्तीले फोन लियो र कुरा गर्न थाल्यो।

He: Hello, my name is ….. (त्यसको नाम चाही बिर्षे)। your good name??
Me: Krishol
He: what do you do?
Me: I am an IT professional
He: Good, can we meet and have a cup of coffee?
Me: what is this all about?
He: we have a business plan and I would like to share our business plan with you and if you like it, you can be our stakeholder.
Me: let’s be straight, are you talking something about network business?
He: what do you mean by network business?
Me: you know it better, why are you asking me?
He: no.. I want to hear from you?
Me: well, where you make members or sell products and you’ll get reward for that accordingly.
He: btw we don’t sell product, but do you like making members?
Me: it’s not about whether I like it or not. Tell me why do you want to meet me?
He: I can’t disclose my business plan just like this. Do you like to grow your financial status?
Me: Yes, Of course, everyone does?
He: Then why not to meet once and have cup of coffee? I have a plan for you which will increase your financial status.
Me: Well, as far I know human truth, nobody cares about other benefits until and unless it’s beneficial for them. Seriously, I am not interested on Network business, please don’t insist me.
He: one more thing?
Me: tell me..
He: are you happy with your job?
Me: yes.. ofcourse…
He: are you happy with your income?
Me: yes.. ofcourse..
He: (with rude sound) Okay we’ll catch up after 2-3 years…
Me: Okay.. you save my number and call me after 2 years..
….and I hang up the call

यो कन्भरसेसनको सबै भन्दा ईन्ट्रेष्टिङ पार्ट भनेको मलाई उसले अन्त्य मा दिएको धम्की लाग्यो :)

तपाईहरूको यो बिजनेसको बारेमा के धारणा छ कुन्नी, मेरो कुरा नराम्रो लाग्यो भने तल केमेन्ट बक्समा मलाई संम्झाउन सक्नु हुनेछ.. :)

 
3 Comments

Posted by on December 10, 2011 in Article

 

Tags: ,

3 Responses to मिठा सपनाहरूको कारोबार

  1. Bhupal R Raut (@GoGoze)

    December 10, 2011 at 2:09 pm

    मेरो मान्यता चै काम नगरी सपना बाढेर कमाउने सपना देखाउनु भनेको ठगि गर्नु मात्र हो, नेटवार्किंग ब्याबसाय बारे मेरो साधारण बुझाइ छ, यो एक संख्याको गुणात्मक खेल हो, 1x2x4x8x16x32x64x128 = 268435456, यहाँ गुणा चिन्ह नेटवार्किंग को स्टेप हो, जुन ७ औ स्टपमा गरेर करिब २७ करोड सदस्यका साथ अन्त्य हुन्छ, जहाँ कमाउने छैठो तह यानी कि ३३ हज्जार जना हुन्छन र ठगिने चै बाकि, अब यो सपना मात्र नभएर के हुन् सक्ला,
    हामिले बुझ्न चै के जरुरि छ भने परिश्रम बिना कमाइ सम्भावना छैन, सपनाका कमाइ सपना मै सिमित हुन्छन, बिपना हुदा सम्म धेरै गुमी सकेको हुन्छ :)

     
  2. Friendycalls

    December 10, 2011 at 8:01 pm

    मेरो विचारमा तपाईंले तेल्लाई भेट्नु पर्थ्यो | भेटेरै गालाँ रनननन हुनेगरि बजाउनु पर्ने के तेल्लाई |भर्खर नेपालाँ कुनी के के कम्पनिले मेम्बर बनाएर पैसो भसक्कै सक्काएर आछु, बडो आउछ नेटवर्क बिजिनेस गर्न |

     
  3. Vidyarthi Samser (@poozaaree)

    December 18, 2011 at 6:46 pm

    नेट= जाली, वर्क=काम त्यसैले नेटवर्क भनेको नै जाली काम हो !!

     

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.

Join 924 other followers